नयाँ मास्टर डिजाइन सहितको रियलमी ११ प्रो सिरिज ५ जी लन्च हुँदै

९ महिना अगाडि

काठमाडौं- विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले बहुप्रतिक्षित ११ प्रो सिरिज ५ जी नेपाली बजारमा चाँडै उपलब्ध गराउने भएको छ ।

रियलमी ११ प्रो सिरिज ५ जी यस वर्षको उत्कृष्ट फ्ल्यागशिप क्यामरा फोन हो, जसले फोटोग्राफीमा रुची राख्नेहरुको लागि एउटा नयाँ स्तर  निर्धारण गरिदिएको छ । नयाँ रियलमी ११ प्रो ५जी को क्यामरासँगै डिजाइन पनि उत्तिकै आर्कषक छ । प्रसिद्ध ब्रान्ड गुच्चीकापुर्व प्रिन्ट र टेक्सटाइल डिजाइनर म्याट्टियो मेनोट्टोसँगको सहकार्यमा रियलमी ११ प्रो ५जीको डिजाइन गरिएको हो ।

उत्कृष्ट लिची लेदर ब्याक र सुन्दर लेसले वरिपरी घेरिएको यसको क्यामरा निकै लोकप्रिय छ । १०० एमपीको क्यामरा, लक्जरियस डिजाइन, ५०० एमएएच ब्याट्री र १०० वाट सुपरभोकचार्जरको साथ रियलमी ११ प्रो ५जी एक अलराउन्डरको रूपमा आएको छ। २०,००० लेभलको अटोमेटेड ब्राइटनेस एडजस्टमेण्ट भएको यो फोनमा १२० हर्जको कभर्ड भिजन डिस्प्ले पनि रहेको छ ।  रियलमी ११ प्रो ५जीको प्रिमियम डिस्प्ले सेटअप रियलमी ११ प्रो ५जीको जस्तै छ । यसको १२० हर्जको कभ्र्ड भिजन डिस्प्लेमा विश्वकै पहिलो २१६० हर्जको पल्स विड्थ मोड्युलेसन डिमिङ रहेको छ । 

साथै यसमा २०,००० लेभलको अटोम्याटिक ब्राईट्नेस एडजस्ट्मेण्ट, सनलाइट स्क्रिन र टियुभि रेनल्यान्ड जस्ता फिचरहरु रहेका छन् । यीफिचरहरुले प्रयोगकर्तालाई चलाउँदा सहज हुनुको साथै आँखामा पनि आराम दिन्छन्, जसले गर्दा यो फोनले दुईवटा विशिष्ट आई प्रोटेक्सन पुरस्कारहरू पनि पाएको छ ।

दमदार प्रदर्शन, कम पावर खपत, र पर्याप्त स्टोरेजले रियलमी ११ प्रो ५ जीलाई एक वास्तविक फ्ल्यागशिप स्मार्टफोन बनाएको छ । यसमा डाइमेन्सिटी ७०५० ५जीप्रोसेसर, १२ जीबी र्याम, र २५६ जीबीको  इन्टर्नल स्टोरेज रहेको छ । ६७ वाट् सुपरभोक चार्ज, ५००० एमएएच ब्याट्री, रियलमीयुआई ४.०, र डल्बी पानोरामा डुअल स्पिकरहरूले फोनको युजर एक्स्पिरिएन्स अझै निखारेका छन् । रियलमी ११ प्रो ५ जी सनराइज बेज, ओएसिस ग्रीन, र एस्ट्रल ब्ल्याक जस्ता आकर्षक तीन रङ्गहरूमा उपलब्ध छ । 
 

९ महिना अगाडि

प्रतिक्रिया