रुस – स्थानीय निर्वाचनको नजिकीदै गर्दा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले एकैपटक देशभरका क्षेत्रीय प्रशासकलाई परिवर्तन गरेका छन् ।
रुसमा आगामी सेप्टेम्बरमा हुने स्थानीय तहको निर्वाचन हुने कार्यक्रम रहेको छ । राष्ट्रपतिको निर्णयप्रति विमति जनाउदै बिहीबार दुई प्रशासकले पदबाट राजीनामा दिएका छन् ।
राष्ट्रपतिको निर्णयले निर्वाचनमा स्वच्छ तथा स्वतन्त्र हुने वातावरण नदेखिएको बताउदै यसअघि पनि ३ प्रशासकले राजीनामा दिएका थिए । दक्षिण क्षेत्रमा अवस्थित ओरेनवर्ग क्षेत्रमा विगत ९ वर्षदेखि काम गर्दे आएका युरी वर्गको राजीनामा पछि उनले सरकारको निर्णयले निर्वाचनमा प्रभावित पार्ने भन्दै उनले सरकारलाई सहयोग गरिरहन नसक्ने बताएका छन् ।
त्यसैगरी आर्कटिक मारिना कोभ्तुनको मुर्मान्स क्षेत्रमा सन् २०१२ देखि कार्यरत अर्का एक प्रशासकले पनि राजीनामा दिएका छन् । तर अहिले उक्त स्थानमा रुसी सरकारले नया प्रशासकलाई पठाइसकेको छ ।
तर रुसमा विगत २० वर्षको अवधिमा यस किसिमको परिवर्तन भएको थिएन ।
सरकारका आलोचकहरुले पुटिन कमजोर बन्दै गएपछि प्रशासकको माध्यमबाट निर्वाचनलाई आफ्नो पकडमा पार्न खोजेको बताएका छन् ।
निर्वाचनमा आफ्नो पकड नहुने देखेपछि पुटिन र उनका सहयोगीले गभर्नरको व्यवस्थालाई सन् २००५ मा हटाएका थिए । तर पुटिनको विरोधमा लाखौको सङ्ख्यामा ¥याली हुनथालेपछि सन् २०१२ मा यो व्यवस्थालाई पुन स्थापित गरेर माहोललाई राष्ट्रपतिको पक्षमा ल्याइएको थियो ।
प्रतिक्रिया