काठमाडौ- किङ्गस ब्लब काठमाडौंले यहीँ श्रावन २३ गते देखि २७ गतेसम्म दोस्रो किङ्गस कप पुरुष भलिबल प्रतियोगिता २०८० सञ्चालन गर्ने भएको छ ।
२०७९ सालमा क्लब स्थापनाको पहिलो संस्करणसंगै घान्द्रुक दुर्घटनामा अकालमै ज्यान गुमाएका बिनय पन्तको स्मृतीमा स्वर्गिय ''बिनय पन्त स्मृति कप पार्क भलिबल प्रतियोगिता '' सम्पन्न गरिसकेको यस क्लबले नेपाली भलिबल बिकासका निम्ति इट्टा थप्न आफूहरु लागि परेको बताएको छ ।
शनिवारका दिन झम्के दोहोरी साझ नयाँ बसपार्कमा पत्रकार सम्मेलन गर्दै क्लबले कार्यक्रमबारे जानकारि दिएको हो । क्लब स्थापनाको अवसर पार्दै ढोरपाटन भलिबल प्रशिक्षण केन्द्र नयाँ बसर्पाकको खेलमैदानमा सञ्चालन हुन लागि रहेको दोस्रो किङ्गस कप पुरुष भलिबल प्रतियोगिता २०८० मा १० टिम सम्म सहभागि हुने अपेक्षा राखेको आयोजकले बताएको छ ।
नेपाल भलिबल संघको प्रचलित नियम अनुसार सञ्चालन गर्ने उक्त भलिबल प्रतियोगिता नकआउट सिस्टममा सञ्चालन गरिने आयोजकको जानकारी छ ।
यहीँ श्रावन २० गतेसम्म टिमदर्ता गर्न सकिने यस प्रतियोगीतामा नेपाल भलिबल संघको ईजाजत तथा प्राविधिक सहयोग रहेको छ । प्रतियोगिता सम्पन्न गर्नका लागि रु १७ लाख रुपैया बजेट अनुमान गरिएको जसअन्तर्गत पुरस्कारतर्फ ४ लाख , ट्र्फी छपाई मेडल प्रमाणपत्र छपाईमा १ लाख ५० हजार रुपैया , मायाको चिनो छपाईमा १ लाख ५० हजार रुपैया , साउण्ड सिस्टममा १ लाख , प्रचारप्रसारमा ५० हजार रुपैया , खेलमैदान व्यवस्थापनमा २ लाख , अफिसियल खर्च २ लाख , खाना खाजा खर्च १ लाख ५० हजार, स्वयम्सेवकतर्फ १ लाख र विविधमा २ लाख ५० हजार रुपैया बाडफाड गरिएको छ । ५ दिनसम्म निरन्तर चल्ने उक्त प्रतियोगितामा पुरस्कातर्फ प्रथम पुरस्कार २ लाख २ हजार कप मेडल र प्रमाणपत्र , दिद्धीय पुरस्कार १ लाख १ हजार कप मेडल र प्रमाणपत्र , तितृय पुरस्कार ५० हजार ५ सयँ कप मेडल र प्रमाणपत्र र सान्तवना पुरस्कारमा २० हजार २ सय कप मेडल र प्रमाणपत्र राखिएको छ ।
त्यस्तै बिधागत तर्फमा सर्वोकृष्ट खेलाडीलाई ८ हजार , उत्कृष्ट सेटर ३ हजार र उत्कृष्ट सर्भरलाई ३ हजार पुरस्कार कायम गरिएको छ, त्यसैगरि उत्कृष्ट स्पाइकरलाई ३ हजार डिफेन्डरले ३ हजार र उत्कृष्ट सेटरले ३ हजार प्राप्त गर्नेछन् , उत्कष्ट ब्लरकरलाई ३ हजार उदयमा खेलाडीलाई ३ हजर र उत्कृष्ट प्रशिक्षकलाई समेत ३ हजार द्धारा सम्माण गरिने भएको छ ।
कार्यक्रममा लागत खर्चमध्येमा दितृय पुरस्कार झम्के दोहोरी साझँ र ईगल मेनपावरले सौजन्य गरेको छ त्यसैगरि भलिबल तितृय पुरस्कार जापानमा रहने दिपेश के सी ले सौजन्य गरेका हुन भने सान्तवना पुरस्कार एड्भान्स मेनपावरले सौजन्य गरेको हो ।
क्लब अध्यक्ष अञ्चल शाहीको सभापत्तिवो , ढोरपाटन ब्लबका वरिष्ठ उपाध्यक्ष किरण घर्तीको विशिष्ट आतित्थता रहेको उक्त पत्रकार सम्मेलनमा ईगल मेनपावरका अध्यक्ष कृष्ण ढकाल , झम्के दोहारी साझँका संचालक सुरज राना , सुरेश भक्त , बिकास गुरुङ्ग , चन्डेश्वर नन्दराज , राजु ढकाल , अर्जुन थापा, बिरु लामा , उदयमान श्रेष्ठ, सन्दिप खाणँ, महेन्द्र छन्याल, महेन्द्र शेर्चन लगायतको विशेष उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै वक्ताहरुले भलिबल र लोकगीत विचमा गहिरो सम्बन्ध रहेको बताएका छन् , पहिलोपटक दोहोरी साझँमा भलिबल प्रतिगोगिताबारे पत्रकार सम्मेलन भएको भन्दै दोहोरीका संचालक सुरज राणाँले क्लबप्रति धन्यवाद प्रकट गरेका छन् । चिर्यायू हस्पिटल हेप्थ पार्टनर रहेको उक्त कार्यक्रम सभ्य रुपमा सम्पन्न गर्न सबैको साथ सहयोग रहेको भन्दै अध्यक्ष अञ्चल शाहीँले धन्यवाद ब्यक्त गरेका छन् आफु संस्थागत रुपमा अध्यक्ष रहेतापनि कार्यक्रम सम्पन्न गर्न सबैको भूमिका रहेको बताएका छन् ।
प्रतिक्रिया