बिच्छीको विषको मूल्य १३ करोड ?

९ महिना अगाडि

एजेन्सी

काठमाडौं – सर्प झैँ बिच्छी पनि खतरनाक हुन्छन् र यसले मानिसलाई मार्न पनि सक्छ तर यसको विष धेरै महँगो हुन्छ ।

एक लिटर बिच्छीको विषको मूल्य १० लाख डलरसम्म छ । नेपाली मुद्रामा कुरा गर्ने हो भने करिब १३ करोड रुपैयाँ ।

टर्कीको एउटा प्रयोगशालामा २०,००० बिच्छी छन्, जहाँ हरेक दिन दुई ग्राम बिच्छीको विष सङ्कलन गरिन्छ ।

बीबीसीसँग कुरा गर्दै प्रयोगशाला सञ्चालकले आफूले बिच्छीको हेरचाह गर्ने, समयमै खाना खुवाउने र विष निकालेर युरोपमा सुपथ मूल्यमा बेच्ने गरेको बताए ।

उनका  अनुसार बिच्छीको डसाइमा दुई मिलिग्राम मात्रै विष हुन्छ । करिब तीन सयदेखि चार सय बिच्छीको सहयोगमा एक ग्राम विष जम्मा गर्न सकिन्छ ।

मूल्यबारे कुरा गर्दै प्रयोगशालासँग जोडिएका म्याडेनका अनुसार एक लिटर विष १० लाख डलरसम्म बिक्री हुने गरेको छ ।

विषको काम के हो <

ल्याटिन अमेरिकामा पाइने बिच्छीको विषले मार्गा टक्सिन नामक पदार्थ उत्पादन गर्छ जसले रक्तनलीमा कोशिकाहरू निर्माण गर्न मद्दत गर्छ र मुटुको शल्यक्रियामा प्रयोग गरिन्छ।

यी बिच्छीहरू पाँचदेखि आठ सेन्टिमिटर लामा हुन्छन्, यिनीहरूको विष त्यति घातक नभए पनि मानिसलाई टोकेमा असाध्यै दुख्ने, सुन्निने र चिलाउने हुन्छ ।

बिच्छीको डसाइबारे  अनुसन्धान गरिरहेका लीड्स युनिभर्सिटीका प्रोफेसर डेभिड भन्छन्, ‘यो विष निकै शक्तिशाली छ र यसको थोरै मात्रा पनि फाइदाजनक हुन्छ ।’

उनका अनुसार मार्गा टक्सिनलाई औषधिको रूपमा मात्र नभई मुटुसम्बन्धी रोगमा स्प्रेको रूपमा पनि प्रयोग गरिन्छ ।

आजकल बिच्छीको विषलाई सौन्दर्य उत्पादनमा पनि प्रयोग गरिन्छ ।

९ महिना अगाडि

प्रतिक्रिया