१९औँ एसियाली खेलकुद प्रतियोगिताको क्रिकेटमा चार वटै टोलीले सिधै क्वार्टरफाइनल खेल्ने

आइतबार, १४ साउन २०८०, १३ : ०५

काठमाडौँ-  चीनको हाङ्झोउमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताको क्रिकेटमा चार वटै टोलीले सिधै क्वार्टरफाइनल खेल्ने भएका छन् । आइसिसी टीट्वान्टी वरीयतामा माथिल्लो स्थानमा रहेका चार टोलीले सिधै क्वार्टरफाइनल खेल्ने अवसर पाएका हुन् । 


भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशले सिधै क्वार्टरफाइनल खेल्ने समाचारमा जनाइएको छ । पुरुष र महिला दुबैतर्फ यो नियम लागू हुने बताइएको छ । सन् २०१४ पछि पहिलो पटक एसियाली खेलकुदमा क्रिकेट खेल समावेश गरिएको हो । 

प्रतियोगितामा पुरुषतर्फ १८ र महिलातर्फ १४ टोलीले सहभागिता जनाउने छन् । नेपालले महिला र पुरुष दुवै स्पर्धामा सहभागिता जनाउने छ । एसियाली खेलकुदमा महिला र पुरुष दुबैतर्फ टीट्वान्टी ढाँचामा खेलाइने छ । त्यसैले प्रतियोगिताले टीट्वान्टीको आधिकारिक मान्यता प्राप्त गर्नेछ । 

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले पुरुषतर्फ दोस्रो दर्जाको टोली पठाउने निर्णय गरेको छ । महिलातर्फ भने भारतले राष्ट्रिय टोलीलाई नै सहभागी गराउने छ । 

आइतबार, १४ साउन २०८०, १३ : ०५

प्रतिक्रिया