एलआइसी नेपालको २०औँ बार्षिक साधारण सभा, लगानीकर्ताको हात रित्तो

मंगलबार, १६ साउन २०८०, ०७ : ५५

काठमाडौं- एलआइसी नेपाल को बार्षिक साधारण सभा भोलि बस्दैछ ।

सभा मध्यान्ह १२ः१५ बजे बस्ने तालिका तय गरिएको छ । यस कम्पनीले २० औं सभा डाकेको हो । यता, कम्पनीले यो वर्ष लगानीकर्ताको हात भने रित्तो बनाउने भएको छ । लाभांश वितरण सम्बन्धी एजेन्डा नभएको कारण पनि लगानीकर्ताको हात रित्तो हुने देखिएको हो । 

सभामा ४.६५ प्रतिशत संस्थापक सेयरलाई सर्वसाधारणमा परिवर्तन गर्ने प्रस्ताव रहेको छ यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । सभामा कम्पनीको आर्थिक वर्ष २०७७–७८ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । 

यस्तै, आर्थिक वर्ष २०७८– ७९ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ,साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ९ गते बुक क्लोज गरिसकेको छ। 

मंगलबार, १६ साउन २०८०, ०७ : ५५

प्रतिक्रिया