सामान्य अंकले घट्यो नेप्से

मंगलबार, १६ साउन २०८०, १५ : १४

काठमाडौँ - कारोबारको तेस्रो दिन आज मंगलबार नेप्सेमा गिरावट आएको छ ।  

मंगलबार नेप्से सूचकांक २८.५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब ९२ करोड ४४ लाखको कारोबार भएको छ ।

मंगलबार नेप्सेमा गिरावट आएसँगै १२ उपसूचकहरुमा रातो पोतिएको छ । आज एकमात्र म्युचुअल फण्ड उपसूचमा हरियाली छाएको छ । म्यचुअल फण्ड उपसूचक ०.३५ प्रतिशतले बढेको छ ।

त्यस्तै , आज सर्वाधिक निर्जीवन बीमा उपसूचक २.४७ प्रतिशतले घटेको छ । फाइनान्स उपसूचक २।४३ प्रतिशतले घटेको छ भने आज होटल तथा पर्यटन उपसूचक २.१६ प्रतिशतले घटेको छ ।

मंगलबार, १६ साउन २०८०, १५ : १४

प्रतिक्रिया