काठमाडौँ - कारोबारको अन्तिम दिन आज शेयर बजार ३ अंकले बढेर २०८९ को विन्दुमा कायम भएको छ ।
शेयर बजार बढेसँगै आज दुुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बिहीबार सपोर्ट माइक्रोफाइनान्स र एनआईबिएल ग्रोथ फण्डको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज शिवम् सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ८ करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।त्यस्तै, सिईडिबी, प्रोगेसिभ फाइनान्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन डिष्टलरी, प्राइम कमर्शीयल बैंक,अपर तामाकोशी, सोल्टि होटल र हिमालयन लाइफको शेयरमा लगानीकर्ता झुम्मिएको देखिएको छ।

आज शेयर बजारमा सामान्य सुधार आएपनि प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको आज ५.१९ प्रतिशतले शेयरमूल्य घटेको छ ।
त्यस्तै, गणपति लघुवित्त, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आईसीएफसी फाइनान्स लिमिटेड लगायतका अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

प्रतिक्रिया