काठमाडौँ- आर्थिक रूपले पिछडिएका, न्यून आय भएका, विपन्न पहिचान नागरिक बिरामी भएमा दोलखाको भीमेश्वर नगरपालिका–५ दोलखाले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ ।
भीमेश्वर नगरपालिका–५ वडा समितिको निर्णयअनुसार निम्न कागजात पूरा गनुपर्ने पनि जनाएको छ ।
कागजात पूरा गरी वडा कार्यालयमा निवेदन पेस गरेमा नगद पाँच हजार भुक्तानी गर्ने वडाध्यक्ष ले जानकारी जनाएका छन् । नगद भुक्तानीका लागि नेपाली नागरिकताको प्रतिलिपि, एम्बुलेन्सलाई तिरेको रकमको बिल भर्पाइ र काठमाडौंका जुनकुनै अस्पतालमा भनी भएको बिरामी कार्ड वडा कार्यालयमा पेस गर्नु पर्ने पनि जनाएको छ ।
प्रतिक्रिया