काठमाडौं- सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालको आयोजनामा रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।
हरेक वर्ष अगस्ट १२ को दिन मनाईने अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भमा आयोजना हुँदै आएको यस कार्यक्रममा एक्सनएड इन्टरनेशनल नेपालका कर्मचारी र युवाहरु गरी १८ जनाले रक्तदान गरेका थिए ।
हरेक क्षेत्र जस्तै युवाहरुको भूमिका जीवन बचाउनमा पनि अग्रणी भूमिका छ भन्ने सन्देश दिन नेपाल रेडक्रस सोसाईटीसँग सहकार्यमा कार्यक्रम आयोजना गरिएको एक्सनएडले जनाएको छ । कार्यक्रममा बोल्दै संस्थाकी कार्यकारी निर्देशक सुजिता माथेमाले रक्तदान गर्नु भनेको अन्तिम घडीमा रहेको कसैको जीवन बचाउनु भएको बताइन् ।

उनले जसलाई रगतको आवश्यकता हुन्छ छ उसका लागि यो एकदमै महत्वपूर्ण सहायता भएको पनि उल्लेख गरिन्।
यो वर्षा यामको समयमा नेपालमा बाढी, पहिरोजस्ता विपद्को पनि सामना गर्नुपर्ने अवस्था छ र यो समयमा हुन सक्ने रगतको आवश्यकतालाई मध्यनजर गर्दै यसमा युवाहरुको अग्रणी भूमिकालाई प्रवद्र्धन गर्न एक्सनएड नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
प्रतिक्रिया