कठमाडौँ- वृज एडिटिभ्स एक शताब्दी भन्दा लामो गौरवमय इतिहास बोकेको केडिया व्यवसायिक समूह अन्तर्गतको एक विश्वसनीय ब्राण्ड हो । नयाँ बलिया संरचना निर्माण होस् या पुरानालाई मर्मत सम्भार गर्न होस वृज एडिटिभ्सका उच्चस्तरीय उत्पादनले स्थायित्व र दीगोपना सुनिश्चित गर्छ ।
निर्माण उद्योगमा अग्रणी नाम तथा विज्ञहरूद्वारा अत्याधिक सिफारिस गरिने वृज एडिटिभ्सले आफ्नो बहुप्रतीक्षित वाटरप्रुफिङ्, रिपेयर तथा एडमिक्सर सलुशन्स बजारमा लिएर आएको छ । वृज एडिटिभ्सले श्रावण २०८०÷०४÷१९ गते शुक्रबारका दिन काठमाडौँको सोल्टीमोडमा रहेको हायात प्यालेसमा भब्य कार्यक्रम गरि यी उत्पादनहरूको औपचारिक रुपमा बजारमा ल्याएको घोषणा गरेको छ ।
वाटर प्रुफिङ्गका लागी कंम्पनीले ल्याएको Pro+ 250 / Brij Safecrete ले घरलाइ पानीले पु–याउने क्षतिबाट बचाउनका साथै पीलर, बीम,स्ल्याब र स्टिललाइ खिया आदिबाट जोगाइ निर्माणलाइ मजबुत र दिगोपन प्रदान गर्दछ । उक्त उत्पादनमा आवश्यक र औचित्यताका बिषयमा सम्बन्धित विज्ञ वाट स्पष्ट पारिएको थियो । बजारमा आएका विभिन्न उत्पादन मध्य Pro+
250 / Brij Safecrete ,लाई घर निर्माणको समय ढलान मसलामा मिसाई प्रयोग गर्न सकिन्छ भने Brij Safecrete लाई भने नयाँ र पुराना घरमा फुटेको, चर्केको वा पानी चुहिएको ठाउँमा सिधै प्रयोग गर्न सकिन्छ ।
यस अतिरिक्त, एडमिक्सर सलुशन्स अन्तर्गत वृज एडिटिभ्सले ल्याएको छSilkon Flowmix PC 350, PC 450, PC 550 / Ultraset100 (Acclerator) सरोकारवालाहरुका लागि वृज एडिटिभ्सले ल्याएको एडमिक्सर र एक्सेलेरेटर सलुशन्सहरू ठूला परियोजनाको लागि अत्ति उत्तम हुुने र सबैको माझ लोकप्रिय हुने कम्पनीले दावी गरेको छ ।
साथै, उक्त कार्यक्रममा केडिया अर्गनाइजेसनका अध्यक्ष तारा चन्द केडियाले उपस्थित सम्पूर्णमा स्वागत मन्तब्य ब्यक्त गर्दै उत्पादित बस्तुले ग्रहाक तथा निर्माणकर्मी हरुको मन जित्ने आशा समेत ब्यक्त गर्नुभएको थियो भने चर्चित कलाकार जितु नेपाल ‘मुन्दे्र’ ले सबैलाइ मनोरञ्जन प्रदान गरि समारोहलाइ रमणीय र स्मरणीय बनाउन सहयोग गरेका थिए ।
उक्त कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव श्री रामचन्द्र तिवारी र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव श्री विश्वबाबु पुडासैनी, रेलवे विभागका महार्निदेशक श्री रोहित बिसुराल, सिंचाई विभागका महार्निदेशक श्री सुशील आचार्य तथा निर्माणकर्मी, इन्जिनियर, कंक्रिड उत्पादनकर्ता र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया