काठमाडौं- फिफा महिला विश्वकप फुटबलमा आज क्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
अन्तिम दुई खेलमा आज अस्ट्रेलिया र फ्रान्स तथा इङ्ल्यान्ड र कोलम्बिया भिड्न लागेका हुन अस्ट्रेलिया र फ्रान्सबीचको खेल दिउँसो पौने १ बजे तथा इङ्ल्यान्ड र कोलम्बियाबीचको खेल दिउँसो सवा ४ बजे शुरु हुनेछ ।
शुक्रबार भएको खेलमा नेदरल्यान्ड्सलाई हराउँदै स्पेन तथा जापानलाई हराउँदै स्वीडेन सेमिफाइनलमा पुगेका छन् । अगस्ट १५ तारिखमा पहिलो र १६ तारिखमा दोस्रो सेमिफाइनल हुनेछ ।
गएको जुलाई २० तारिखदेखि शुरु भएको महिला विश्व कपमा ३२ टोली सहभागी थिए । फाइनल खेल अगस्ट २० तारिखमा हुनेछ । नेपाली समयअनुसार दिउँसो पौने १ बजे सनकर्प स्टेडियममा शुरु हुने खेलमा घरेलु टोली अस्ट्रेलिया र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ।
दिउँसो सवा ४ बजे स्टेडियम अस्ट्रेलियामा इङ्ल्याण्ड र कोलम्बिया आमनेसामने हुनेछ। यसअघि शुक्रबार भएका खेलमा जित निकाल्दै स्पेन र स्वीडेन सेमिफाइनलमा पुगेका छन् ।

प्रतिक्रिया