काठमाण्डौ- कप्तान क्रिस्टियानो रोनाल्डोको दुई गोलमा अल नासर अरब क्लब कपको च्याम्पियन भएको छ ।
फाइनलमा अल नासरले अल हिलाललाई २–१ गोलले हराउँदै उपाधि हात पारेको हो । हिलालका लागि माइकलले खेलको ५१औँ मिनेटमा गोल गरेपछि नासर पछाडि परेको थियो ।
तर रोनाल्डोले ७४औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । निर्धारित समयमा बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।
खेलको ९८औँ मिनेटमा रोनाल्डोले गरेको गोलसँगै उपाधिका लागि अल नासर अरबका लागि निर्णायक भयो । योसँगै रोनाल्डोले नासरमा पहिलो उपाधि जितेका छन् ।

प्रतिक्रिया