महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै

बुधबार, ०६ भदौ २०८०, १४ : १८

काठमाडौँ-  मलेसियामा जारी चार देश सम्मिलित महिला टि–ट्वान्टी आई सिरिजमा नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दै छ । 


नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार मध्यान्ह पौने १२ बजेबाट  मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । 

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । 

नेपालले सिरिजको पहिलो खेल जितेको छ । मंगलवार हङकङलाई नेपालले ६ विकेटले पराजित गरेको थियो । 

बुधबार, ०६ भदौ २०८०, १४ : १८

प्रतिक्रिया