काठमाडौँ- नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघले ऐतिहासिक प्रथम पटक नेपालमा एशियन च्याम्पियनशिप सम्पन्न गर्न गैरहेको छ । उक्त प्रतियोगिताको अन्तिम तयारीको बारेमा जानकारी गराउन संगठनले आज पत्रकार सम्मेलन आयोजना गरेको छ ।
उक्त प्रतियोगितामा हाल सम्म एशियाली राष्ट्रका करीब २५ मुलुकहरुले सहभागिता जनाई सकेको छ । एशियाका मुलुकहरुले भाग लिने यस प्रतियोगितामा ४५ विधामा प्रतिस्पर्धा आयोजना गर्दैछौ । एशियाली प्रतियोगितामा पुरुष तर्फ २८ वटा, महिला तर्फ १६ विधामा प्रतिस्पर्धा हुनेछन् भने एउटा मिक्स प्रतिस्पर्धा समेत समावेश गरिएको छ । उक्त प्रतियोगिता स्थल याक एण्ड यति होटल रहने जनाईएको छ ।
नेपालमा हुने यस प्रतियोगिता न्युट्रल भेन्युको रुपमा हुने भएकोले एशियाली देशका खेलाडी एवं अफिसियलहरुको उल्लेख्य उपस्थित रहेको उक्त प्रतियोगिता सात दिन सम्म चल्ने भएको छ ।
प्रतियोगिताको पहिलो दिन भाद्र १५ गते (Sept. 1) सबै राष्ट्रका खेलाडी स्वागत कार्यक्रम तथा खेलाडी registration गरिने छ । भाद्र १६ गते (Sept 2) टिम मेनेजर्स मिटिङ्ग, निर्णायक मिटिङ्ग, डोपिङ्ग सेमिनार तथा एशियाली कग्रेसको आयोजना समेत हुनेछ । भाद्र १७ गते (step 3) खेलाडी तौल तथा हाइट मेजरमेन्ट र उमेर समूहको जांचको कार्यक्रम रहने छ । सोही दिन एशियाली वार्षिक कग्रेसको मिटिङ्ग तथा निवार्चन समेत हुने विज्ञप्तीमा उल्लेख छ ।
यस ऐतिहासिक च्याम्पियनशिपमा मनकामना केवल कार मुख्य प्रायोजकको रुपमा रहेको छ भने राष्टिय खेलकुद परिषदको पनि विशेष सहयोग रहन बताईएको छ । अन्य प्रायोजकहरुमा नेपाल टुरिज्म बोर्ड, एभरेष्ट बैक, नेपाल इनभेष्टमेन्ट मेघा बैंक, महालक्ष्मी विकास बैंक, पञ्चकन्या ग्रुप, के.टिएम. सिटी, सिदार्थ प्रिमियम इन्सुरेन्स, सगरमाथा लुम्बिनी इन्सुरेन्स, शिखर इन्सुरेन्स, सि.एफ.एस. रेमिट आदिको विशेष सहयोग रहेको छ ।
देशको प्रतिष्ठासंग जोडिएको यस प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न र नेपाली खेलाडीहरुको हौसला बढाई दिनुहुन सम्पूर्णमा यस महासंघले अनुरोध गर्दै प्रतियोगिता अवलोकन गर्न हार्दिक आमन्त्रण समेत गरेको छ ।
यस प्रतियोगितालाई काष्ठमण्डप टेलिभिजलनले तिनै दिन प्रत्यक्ष प्रसारण एवं मेरो फिटनेसले फेसबुक लाईभ गर्नेछ । यस ५५औ एशियन च्याम्पियनशिपको इभेन्ट म्यानेजमेन्टको रुपमा फुनोलोजिक सोलुसन रहेको छ ।
प्रतिक्रिया