महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज मलेसियाको सामना गर्ने

शुक्रबार, ०८ भदौ २०८०, ०९ : २२

काठमाडौँ-  मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ । 

आइसीसी महिला टि–ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ । यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अङ्कसहित फाइनल नजिक छ । 

मंगलबार भएको पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो भने दोस्रो खेलमा कुवेतलाई पराजित गरेको थियो ।

शुक्रबार, ०८ भदौ २०८०, ०९ : २२

प्रतिक्रिया