काठमाडौं- मलेसियामा जारी चार देश सम्मिलित महिला टी–२० आइ खेलमा नेपालले हङकङविरुद्ध पहिला बलिङ गर्ने भएको छ ।
मलेसियाको बायोमास ओभलमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेको हो । आजको खेलमा पुजा महतोले नेपालका लागि डेब्यु गर्दै छिन् । उनी अलराउन्डर हुन् ।
भारतको दिल्लीमा क्रिकेट सिकेकी उनले नेपालको घरेलु प्रतियोगिता भने खेलेकी छैनन् । नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गर्ने छिन् । आइसीसी महिला टी–२० विश्वकप एसिया छनोट अघि नेपाल, मलेसिया हङकङ र कुवेतले चार देश सम्मिलित टी–२० आइ सिरिज खेल्दैछन् ।
उक्त सिरिज विश्वकप छनोटको तयारीको रुपमा सबै टोलीले लिएका छन्।

प्रतिक्रिया