पहिले ब्याटिङ नेपालले  गर्ने, भीम सार्की टीममा

सोमबार, १८ भदौ २०८०, १५ : ०२

काठमाडौँ - एशिया कप अन्तर्गत भारतसँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ।

श्रीलंकाको पलाकेले रङ्गशालामा भारतले टस जितेको छ। भारतीय कप्तान रोहित शर्माले टस जितेर बलिङ रोजेका छन्।

दुवै टोलीले एक एक खेलाडी परिवर्तन गरेका छन्। नेपालबाट भीम सार्की टीममा परेका छन्। पाकिस्तानसँगको खेलमा उनी प्लेइङ-११ मा परेका थिएनन्। पाकिस्तानसँग खेलेका आरिफ शेखका ठाउँमा सार्की टीममा परेका हुन्।

त्यस्तै, भारतले पनि बलर जसप्रित बुमराहको ठाउँमा मोहम्मद सामीलाई ‘प्लेइङ–११’ मा राखेको छ। बुमराह पारिवारिक कारणले घर फर्किएका थिए।
 

सोमबार, १८ भदौ २०८०, १५ : ०२

प्रतिक्रिया