एक सय १५ वर्ष पुरानो मन्दिर पुनःनिर्माण अग्नीप्रसाद सापकोटाले गरे उद्घाटन

७ महिना अगाडि

पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले चौतारा पुरानो बजारस्थित एक सय १५ वर्ष पुरानो ऐतिहासिक एवं पुरातात्विक महत्त्व बोकेको कृष्ण मन्दिरको उद्घाटन गरेका छन् ।

नेकपा ९माओवादी केन्द्र०का उपाध्यक्षसमेत रहनु भएका सापकोटाले आज एक कार्यक्रमकाबीच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको उद्घाटन गरेका हुन् । उनले कृष्ण मन्दिर जस्तै पुरातत्व महत्त्व बोकेका मन्दिरको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण, सम्वर्द्धन गर्नुपर्ने बताए ।

संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाइराख्नुपर्ने उनको भनाइ छ । आआफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाइ युवापुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नेता सापकोटाले बताए । 

छोटो समयमै ऐतिहासिक पुरातात्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्त्व बोकेको यो मन्दिर पुनःनिर्माण भएकामा खुसी व्यक्त गर्दै उनले निर्माण कार्य सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्षरुपमा लागि पर्नुहुने सम्पूर्णमा धन्यवादसमेत व्यक्त गरे । नगर क्षेत्रभित्रका प्रयर्टन क्षेत्रको र प्रर्यटन क्षेत्र निर्माणका लागि निरन्तर नगरपालिका नगरपालिका अग्रसर रहिरहने उनको प्रतिबद्धता छ ।

लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवं पुरातात्विक महत्त्व भएका सम्पदाहरूलाई पुनः जीवन दिनु जरुरी छ । विसं १९६४ मा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त भएको कृष्ण मन्दिर बनेपछि स्थानीय खुसी भएका छन् । विसं २०७९ फागुन १२ गते निवर्तमान सभामुख सापकोटाले नै शिलान्यास गरेका थिए । 

यो मन्दिर भूकम्प गएको झन्डै सात वर्षपछि मन्दिर पुनःनिर्माण भएको थियो । पुरातत्व विभाग काठमाडौंद्वारा रु दुई करोड लागतमा मन्दिर बनेको हो । मन्दिर निर्माणमा प्रयोग गर्ने सामग्री र मन्दिरको शैली पुरानो डिजाइनकै छ । प्यागोडा शैलीको मन्दिर रहेको छ । हरेक कृष्ण जन्माष्टमीका अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । यस वर्ष पनि बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

७ महिना अगाडि

प्रतिक्रिया