बाल अस्पताल निर्माण गर्न आनी छोइङ फाउन्डेसनको रु १.८० करोड सहयोग

७ महिना अगाडि

काठमाण्डौमा अस्पताल भवन निर्माणका लागि गैरनाफामूलक संस्था काठमाण्डौ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आनी छोइङ डोल्मा फाउन्डेसनबाट आज रु १ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। 

यस परियोजनाअन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापना भई सेवा शुरु भएको छ । यस अस्पतालबाट बहिरङ, आकष्मिक, अन्तरंग, प्रयोगशाला, रेडियोलोजी, पिआइसियु, एनआइसियु, एचडियु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यकृया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ । 

सेवा सुरु भएको ४ महिनामा यसले बहिरंग सेवाअन्तर्गत ८ हजार ३०० तथा अन्तरंग सेवाअन्तर्गत १ हजार ८५० भन्दा वढी बालबालिकालाई पु¥याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेका छन्। काठमाण्डाँको बुढानिलकण्ठ नगरपालिका–७ मा ‘हब’ अस्पतालका रूपमा बहुबिशिष्टिकृत बाल अस्पताल किओच–काठमाण्डौ बाल अस्पतालको निर्माण कार्य सुरु भई जग निर्माणको कार्य जारी रहेको छ। 

नेपालको कुल जनसंख्याको ३६ प्रतिशतभन्दा वढि संख्यामा रहेका बालबालिकाहरूलाई सुलभ रुपमा गणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने तथा बाल स्वास्थ्यका विषयमा अनुसन्धान गर्ने उद्देश्यले गैर नाफामूलक संस्थाका रूपमा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) को स्थापना भएको हो । 

काठमाण्डाँमा बहुबिशिष्टिकृत बाल अस्पताल तथा देशको सबै प्रदेशमा भौितक संरचनासहितका स्याटेलाइट बाल अस्पताल संचालन गर्ने यस इन्स्टिच्युटको लक्ष्य रहेको छ । बालबालिकालाई उपचारको अभाववाट हुने क्षति र अपांगताबाट बचाउनु र परिवारलाई गरिबीको दुष्चक्रमा पर्नबाट रोक्न प्रयास गर्नु यसको ध्येय रहेको छ । 

७ महिना अगाडि

प्रतिक्रिया