दुई भाईको शत्रुताले एक निर्दोष परिवारको सामूहिक ज्यान लियो

१ हप्ता अगाडि

शुक्रबारका दिन काठमाडौँको तीनकुनेमा चार जनाको बीभत्स हत्या भएको घटनालाई लिएर प्रहरीबाट गरिएको प्रारम्भिक अनुमान अनुसार हत्या प्रकरणका पछाडि दाजुभाइको झगडा हुन सक्ने अनुमान गरिएको छ 

घटनापछि दीपेन्द्र ट्याक्सी चढेर तीनकुने स्थित प्रहरी कार्यालय पुगेका थिए । कपडा र जुत्तामा रगत लतपतिएको अवस्थामा प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र राई नै सो घटनामा संलग्न हुन सक्ने प्रहरीको भनाई छ। 

सःमिलमा  काम गर्ने मोरङ बेलबारीका अन्दाजी २० वर्षका नवीन राईलाई दीपेन्द्रले कुटपिट गरेपछि छुट्टाउने क्रममा त्यहीँ कार्यरत दोलखाका ५६ वर्षका कुमार भुजेल, उनकी पत्नी ५२ वर्षीया  अम्बिका भुजेल र आमा ७६ वर्षीया  सुभद्रा भुजेलले अनाहकमा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिएको छ । 

प्रहरी स्रोतका अनुसार नवीन राई र दीपेन्द्र राई नातामा दाजुभाइ हुन् । नवीन दीपेन्द्रका ठुला बुवा पर्नेका छोरा हुन् । नवीनका बुबाले पनि सो मिलमा लामो समय काम गरेका थिए । बुबाकै कारण नवीन त्यहाँ काम गर्न आइपुगेका थिए । घटनाबारे अनुसन्धान चलिरहेको प्रहरीले स्रोतले जनाएको छ ।   

 प्रहरीले शनिवार दिनभरिमा करिब १० र १२ जनालाई बोलाएर सोधपुछ गरेको थियो । घटनाको अनुसन्धान गर्ने जिम्मा उपत्यका अपराध अनुसन्धान कार्यालयले पाएको छ । शुक्रवार दिनभर साथीहरूसँग स्नुकर खेलेका दीपेन्द्र साँझ ८ बजेतिर मिलमा रहेका दीपेन्द्रको कोठामा पुगेका थिए ।

‘तीनकुनेकै एउटा स्नुकर हाउसमा दीपेन्द्रले दिनभर साथीहरूसँग स्नुकर खेलेका रहेछन्,’ प्रहरी स्रोतले भन्यो । साँझ मिलमै रहेको नवीनको कोठामा पुग्दा उनी नशाले मात्तिएको अवस्थामा थिए । 

१ हप्ता अगाडि

प्रतिक्रिया