बजेटबारे निजी क्षेत्रले गर्‍यो अर्थमन्त्रीसँग छलफल

आइतबार, २८ बैशाख २०८२, ११ : २४

काठमाडौं— निजी क्षेत्रले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटबारे अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आइतबार काठमाडौंको टेकुस्थित सचिवालयमा आयोजना गरेको कार्यक्रममा पूर्वबजेट छलफल गरिएको हो।

छलफलमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आगामी बजेटमा समेटिनुपर्ने प्रमुख विषयवस्तुहरू प्रस्तुत गरे।

कार्यक्रममा अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकार सकारात्मक रहेको उल्लेख गर्दै उठाइएका सुझाव र समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए।

आइतबार, २८ बैशाख २०८२, ११ : २४

प्रतिक्रिया