काठमाडौं - भारत र पाकिस्तानबीच तनाव बढ्दै जाँदा सरकारले भारतीय सीमा नाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । भारततर्फका अन्तर्राष्ट्रिय सीमा नाकामा निगरानी बढाउन गृह मन्त्रालयले निर्देशन दिएसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा नाकामा सुरक्षा गस्ती र जाँच बढाएका हुन् ।
नेपाल–भारत ओहोरदोहोर गर्नेहरुको परिचयपत्र हेर्ने र अभिलेख राख्ने गरिएको छ । यसैबीच हिजो भारतीय राजदूत नवीन श्रीवास्तवले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गरिएको बताएका छन् । घुसपैठसहित अवाञ्छित गतिविधि हुन नदिन दुवै देशकातर्फबाट सीमा सुरक्षामा विशेष ध्यान दिनुपर्ने उनको जोड थियो ।
प्रतिक्रिया