आज सर्वाधिक कारोबार गर्ने तथा गुमाउने कम्पनीहरु

१ हप्ता अगाडि

काठमाडौं- साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार आज उच्च अंकले घटेको छ । कारोबारको अघिल्लो दिन ३९ अंकले बढेको शेयर बजार आज ४२ अंकले घटेर १९६४ को बिन्दुमा कायम भएको छ ।

शेयर बजार उच्च अंकले घटेतापनि आज शुुभम पावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, थ्रीस्टार हाइड्रोपावरको ७ प्रतिशत, बुद्धभुमि नेपालको ५ प्रतिशत, युनिक्यु नेपाल लघुवित्तको ४ प्रतिशतले शेयरमूल्य बढेको छ ।

शेयर बजार उच्च अंकले घटेसँगै मोलुङ हाइड्रोपावरको शेयरमुल्य ९.२१ प्रतिशतले सर्वाधिक घटेको छ । यसका साथै, मेन्छियाम हाइड्रोपावरको ८.४६ प्रतिशत, भुगोल इनर्जिको ८ प्रतिशत, दोल्ती पावरको ६.८२ प्रतिशतले शेयरमूल्य घटेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया