‘जन्तो’ का युनाइटेड र युकुक ब्राण्डका घरेलु उत्पादन सार्वजनिक

७ महिना अगाडि

भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नेपालमा आफ्नो नयाँ उत्पादन “जन्तो” को आगमनको घोषणा गरेको छ। हयात रिजेन्सी, बौद्ध, काठमाडौँमा आयोजित एक प्रतिष्ठित कार्यक्रममा जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनरवेयरजस्ता विभिन्न आधुनिक घरेलु उत्पादनको खुलासा गरियो। युनाइटेड र युकुक ब्राण्डका विभिन्न सामग्री पनि प्रदर्शनमा राखिएको थियो।

नेपाली भान्सामा जन्तोका उत्पादनले उच्च स्थान पाउनुका साथै भान्साका कामलाई सहज र अत्याधुनिक तवरबाट गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफको भनाइ छ।

नेपालका लागि आधिकारिक एकल वितरक रेसुंगा इन्टरकन्टिनेन्टल प्रालिको माध्यमबाट विभिन्न डिलर र रिटेल पसलमार्फत जन्तोका उत्पादन बजारमा उपलब्ध हुनेछ। वर्षौंदेखि, भारत, नेपाल, क्यानडा, युके, मरुसिस, फ्रान्स, आदि देशमा रहेका उपभोक्ताले युनाइटेड एकता इन्जिनियरिङ प्रालिलाई विश्वास गर्दै युनाइटेड, युकुक र हाल जन्तो ब्राण्डका उत्पादन रुचाउँदै आएका छन्।

७ महिना अगाडि

प्रतिक्रिया