चाडपर्व लक्षित: नमस्ते पेले ल्यायो नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान

बुधबार, ०३ असोज २०८०, ०९ : ०६

नमस्ते पेले सबै प्रयोगकर्ताहरूलाई एउटै छानामा समावेश गर्ने उद्देश्यका साथ आउँदै गरेको चाडपर्व लाई लक्षित गर्दछ नयाँ प्रयोगकर्ताका लागि नयाँ अभियान सुरु गरेको छ ।

जस अन्तर्गत नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले रु ५० प्राप्त गर्नेछन्। यो अभियान २०८० साल असोज १ गतेदेखि असोज १५ २०८० सम्म लागु हुनेछ।नमस्ते पे एप डाउनलोड गरी पूर्ण केवाइसी दर्ता गर्ने नयाँ प्रयोगकर्ताहरूले तुरुन्तै आफ्नो मुख्य वालेटमा रु ५० प्राप्त गर्नेछन्। प्रयोगकर्ताहरूले कुनै पनि लेनदेनमा रु ५० को पुरस्कृत रकम प्रयोग गर्न सक्छन्। 

प्रयोगकर्ताहरूले मूल कागजातहरूको फोटो अपलोड गरेर केवाइसी प्रमाणित गर्नुपर्नेछ । कागजातहरू नागरिकता, राहदानी, लाइसेन्स र मतदान कार्ड मध्ये कुनै एक हुनु पर्नेछ। नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो । 

बुधबार, ०३ असोज २०८०, ०९ : ०६

प्रतिक्रिया