युरोपियन च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीले) जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले पराजित गरेको छ।
समूह एफ अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीका पीएजीका लागि केलिएन एमबाप्पे र अच्रफ हाकीले एक(एक गोल गरे। दुवै गोल दोस्रो हाफमा भएका थिए।
एमबाप्पेले ४९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाए भने ५८औं मिनेटमा हाकिमीले निर्णायक गोल गर्दै आफ्नो टिमलाई जिताए। समूह एफकै अर्को खेलमा भने इटालियन क्लब एसी मिलान र इंग्लिस क्लब न्युकासल युनाइटेडले गोलरहित बराबरी खेलेका छन्।
प्रतिक्रिया