एसियन गेम्सको पुरुष भलिबलबाट बाहिरियो नेपाल

बुधबार, ०३ असोज २०८०, १६ : ३१

काठमाडौं- चीनको हाङझाउमा जारी एसियन गेम्सको पुरुष भलिबलमा लगातार हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ । 

बुधबार समूह चरणमा दोस्रो हार व्यहोरेपछि नेपाल समूह चरणबाटै बाहिरिएको हो ।  बुधबार भएको खेलमा इरानसँग ३–० को सोझो सेटमा नेपाल पराजित भएपछि बाहिरिएको हो । समूह बीमा रहेको नेपाल यसअघि बहराइनसँग पराजित भएको थियो । 
 

बुधबार, ०३ असोज २०८०, १६ : ३१

प्रतिक्रिया