विप्लब समूहका कार्यकर्ताद्वारा पार्टी परित्याग

बुधबार, १३ चैत्र २०७५, १० : ५७

बेनी – नेत्रविक्रम चन्द (विप्लव) समूहका एक कार्यकर्ताले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । 

बेनी नगरपालिका–४ सिङ्गा तातोपानीका प्रेम श्रीषले स्थानीय सञ्चार माध्यममा पत्रमार्फत विप्लव समूहको कुनै पनि सङ्घ सङ्गठनको साधारण सदस्यसमेत नरहेको जानकारी गराउनुभएको हो । विसं २०५३÷५४ देखि जनमिलिसिया हुदै उक्त समूहमा आवद्ध भएका श्रीष विप्लव समूहको जिल्ला सदस्य र सो समूह निकट मगर मुक्ति मोर्चाको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । 

सरकारले विप्लव समूहलाई लगाएको प्रतिबन्धका कारण आफूमाथि पटक–पटक धरपकड भएको र पेशा व्यवसाय गर्ने वातावरण नभएकाले उक्त समूहबाट अलग भएर स्वतन्त्र नागरिकको रूपमा रहने श्रीषद्वारा प्रेषित पत्रमा उल्लेख छ । 

यसअघि प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको र चलाउँदै आएको सवारीसाधन प्रहरी कार्यालयमा राखेको उहाँले बताउनुभएको छ । 

बुधबार, १३ चैत्र २०७५, १० : ५७

प्रतिक्रिया