लगानी सम्मेलनबाट नेटवर्किङको सुनौलो अवसर प्राप्त हुन्छ : अर्थमन्त्री खतिवडा

बुधबार, १३ चैत्र २०७५, १२ : ४२

काठमाडौँ – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले यही चैत १५ र १६ गते हुने लगानी सम्मेलन सबैको साझा प्रयास भएको बताएका छन् ।  

लगानी सम्मेलनको विषयमा जानकारी दिन अर्थ मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै खतिवडाले लगानी सम्मेलन सरकार,निजीक्षेत्र र अन्य सबैको साझा प्रयास भएको बताए । 

उनले यस लगानी सम्मेलन आफैमा एउटा उत्सव भएतापनि उत्सवको रुपमा मात्र नमनाएर यसले नेपाललाई चिनाउने र नेपालमा लगानीको अवसरहरु नजिकबाट जान्ने बुझ्ने मौका दिने बताए । 

खतिवडाले लागनी सम्मेलनबाट नेपालमा जतिपनि सम्भावनिय योजनाहरुमा लगानी गर्दा कति प्रतिफल प्राप्त गर्न सकिन्छ र प्रतिफल फर्काएर लिएर जाने देखि कानुनी झमेलाहरु पर्दाखेरी समस्या समाधान गर्ने र प्रशासनिक बाटो के हो र कतिपय आयोजनाहरु कार्यान्वयन गरिरहदा व्यवहारीक समस्याहरुलाई हल गर्ने बाटोहरु के-के छन् भनेर नजिकबाट चिनाउने अवसर सम्मेलनबाट प्राप्त हुने बताए । 

उनले यस सम्मेलनबाट सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी निजी क्षेत्रविचमा नेटवर्किङको एउटा सुनौलो अवसर प्राप्त हुने बताए । त्यती मात्र नभएर स्वदेशी लगानी कर्ता र विदेशी लगानीकर्तालाई ऋण दिने अथवा उहाहरुसँग लगानी गर्न सहयोगी हुन सक्ने अन्तराष्ट्रिय वित्तिय सस्थाहरुपनि यस सम्मेलनमा सहभागी हुने खतिवडाले बताए । 

खतीवडाले यस सम्मेलनमा विभिन्न ४० मुलुकबाट उच्चस्तरिय प्रतिनीधिमण्डल र ६०० भन्दा बढी विदेशी लगानी कर्ताको उपस्थिती रहने बताए । 

बुधबार, १३ चैत्र २०७५, १२ : ४२

प्रतिक्रिया