पोखरामा गर्दा म्याद गुज्रिएका सामग्री बिक्री गर्ने व्यापारीलाई ५० हजार जरिवाना

७ महिना अगाडि

जिल्ला अनुगमन समिति कास्कीले आइतबार पोखराको मुख्य बजार चिप्ले ढुङ्गामा रहेको ‘भागिरथ  स्टोर’मा अनुगमन गर्दा म्याद गुज्रिएका सामग्री बिक्री गरेर गरेको पाइएपछि रु ५० हजार जरिवाना गरेको छ ।

उक्त स्टोरमा म्याद गुज्रेको १३ लिटर साजन  र आठ लिटर हेलो तेल गरी २१ पोका खाने तेलसहित लेबल नलगाएको झिलिङ्गा, किरा परेको २४ किलो नौ सय ग्राम सुपारी र केही कुहिएको नरिवल फेला परेको थियो । ती सबै सामग्री अनुगमन समितिले नष्ट गरेको छ ।

 बिक्रीमा राखिएका अधिकांश सामानमा लेभल नलगाएको, म्याद गुज्रेको तीन बोतल फ्यान्टा,  प्रतिकिलो रु ९७ मा खरिद गरेको चिनी रु एक सय २० मा बिक्री गरेको र पसलमा मूल्य सूची नटाँसेको भेटिएपछि उपभोक्ता संरक्षण ऐनको दफा ३८ अनुसार सो जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिएका छन् ।

ढकालका अनुसार समितिले स्टोरका सञ्चालक विवेककुमार गुप्तालाई तीन दिन भित्र कागजसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन निर्देशन दिइएको छ । त्यसै गरी समितिले पोखरा–५ प्रस्र्याङमा  रहेको केसी स्टोर्सलाई  रु १५ हजार जरिवाना गरेको छ ।

मुख्य चाडपर्व सुरु भएसँगै स्थानीय प्रशासनले बजार अनुगमनलाई तीव्र बनाएको छ । स्टोर्सले  नापतौलका यन्त्रसमेत दर्ता नगरेको भन्दै प्रक्रियाको लागि तीन दिनभित्र प्रशासनमा हाजिर हुन सञ्चालक तेजबहादुर केसीलाई निर्देशन दिएको छ ।

७ महिना अगाडि

प्रतिक्रिया