एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा खड्का दोस्रो चरणमा पराजित

सोमबार, ०८ असोज २०८०, १२ : १९

काठमाडौँ-  १९ औं एसियाली खेलकुद प्रतियोगिताको टेनिसमा नेपाली खेलाडी प्रदिप खड्का दोस्रो चरणमा पराजित भएका छन् । पुरुष एकलतर्फको सोमबार भएको दोस्रो चरणको खेलमा उनी जापानी प्रतिद्वन्द्वीसँग पराजित भएका हुन् । 


जापानी खेलाडी सिनतारो मोचिजुकीले प्रदिपलाई ७—५, ६—१ अंकले हराए । प्रदिपले जापानी खेलाडी सिनतारोलाई गतिलो चुनौति दिएका थिए । पहिलो सेटको खेलमा प्रदिपलाई हराउन सिनतारोले निकै संघर्ष गर्नुपर्‍यो ।


पहिलो सेटको खेल ५४ मिनेटसम्म चलेको थियो भने दोस्रो सेटको खेल १९ मिनेटमा सकिएको थियो ।  उनी आइतबार पहिलो चरणको खेलमा टिमोर लिस्टेका एन्टोनियो मेन्डिसलाई हराउँदै दोस्रो चरणमा पुगेका थिए ।


प्रदिपले पहिलो सेटको खेलमा एन्टोनियोलाई ६—० अंकले हराएका थिए । दोस्रो सेटको खेलमा पनि प्रदिप ६—० ले नै विजयी भएका थिए ।

सोमबार, ०८ असोज २०८०, १२ : १९

प्रतिक्रिया