पूर्वी नेपालको भ्रमणमा किन जाँदैछन् पूर्वराजा ज्ञानेन्द्र ?

बुधबार, १३ चैत्र २०७५, १३ : १२

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले यही आइतबारदेखि पूर्वी नेपालको भ्रमण गर्ने भएका छन् । शाहले आइतबारदेखि इलाम र पाँचथर जिल्लाको भ्रमण गर्ने तय भएको छ । उनी त्यहाँ केही दिन व्यस्त हुने बताइएको छ ।

भ्रमणका क्रममा शाहले त्यहाँ रहेका विभिन्न मठ मन्दिरको दर्शन गर्नुका साथै समर्थकहरुसाग पनि भेटघाट गर्ने तय भएको बताइएको छ । यसअघि फागुन २९ देखि चैत ३ गतेसम्म पूर्वराजाले मधेसका विभिन्न जिल्लाको भ्रमण गरेका थिए ।

वर्तनमा राजनीतिक व्यवस्था र दलहरुको गतिविधिप्रति असन्तुष्टि पोख्दै आएको ज्ञानेन्द्रले पछिल्लो समय आफ्नो गतिविधिलाई तीब्र पार्दै आएको छन् ।

बुधबार, १३ चैत्र २०७५, १३ : १२

प्रतिक्रिया