पूर्बी नवलपरासीमा १० दिन सम्म विधुत अवरूद्द हुने

बुधबार, १३ चैत्र २०७५, १३ : ४२

नवलपुर  – पुर्बी नवलपरासीमा  १० दिन विद्युत सेवा अवरुद्व हुने भएको छ । मङ्गलबार बिहान परेको पानीसँगै आएको चट्याङले नवलपुरको प्रगतिनगर सव स्टेशनमा रहेको ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका सबैजसो ठाउमा विद्युत सेवा अवरुद्व भएको छ ।

नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र कावासोतिले बुधबार पत्रकार सम्मेलन नै गरेर औधोगिक क्षेत्रमा ७ देखि १० दिनसम्म विद्युत सेवा ठप्प हुने जनाएको छ ।

 चट्याङले ट्रान्सफर्मरमा क्षती पुगेपछि नवलपुरका गैंडाकोट, देवचुली, कावासोती, चोरमारालगायतका स्थानमा रहेका औधोगिक कलकारखानामा पुर्ण रुपमा विद्युत सेवा १० दिनसम्म अवरुद्व हुने भएको वितरण केन्द्र कावासोतीका प्रमुख राजिव कुमार शर्माले जानकारी दिनुभयो ।

उहाका अनुसार ट्रान्सफर्मर मर्मतका लागि बुटवल र काठमाडौबाट समेत प्राबिधिक ल्याएर मर्मतका लागि प्रयास गरेपनी सफल नभएपछी विद्युत सेवा पहिल्यैकै तुलनामा संचालन्मा आउन लामो समय लाग्ने भएको हो ।
ट्रान्सर्फमर नयाँ फेर्नुपर्ने भएकाले विद्युत आपूर्ति सुचारु हुन ७ देखि १० दिनसम्म लाग्न सक्ने प्रमुख शर्माले बताउनुभयो । तत्कालका लागि गैंडाकोटदेखि प्रगतिनगरसम्म भरतपुरबाट अस्थायी लाईन जोडेर प्रत्येक क्षेत्रमा दैनिक २र३ घण्टाका दरले पालैपालो विद्युत सेवा दिने बितरण केन्द्रका सुचना अधिकारी लाल हरि उपाध्यायले बताउनुभयो ।
 उहाँका अनुसार कावासोती, चोरमारा लगायतका क्षेत्रमा पनि बर्दघाटतर्फको अस्थायी लाइनमार्फत दैनिक २र३ घण्टाकै दरले विद्युत सेवा प्रदान गरिने छ । यो अस्थायी रुपमा बिशेष गरि सर्बसाधारण, खानेपानी, प्रेसलगायत अत्यावश्यक क्षेत्रमा थोरै समय भएपनी सेवा दिने प्रयास गरिएको उहाँको भनाई छ ।

विद्युत सेवा अवरुद्व भएपछि जिल्लाका सञ्चार माध्यम, कल कारखाना उद्योगलगायतका क्षेत्रमा त्यसको प्रत्यक्ष असर पुगेको छ । नवलपुरका कतिपय संचारमाध्यम बन्द भैसकेका छन् भने विद्युत आपूर्ति नभएपछी चलिरहेका सञ्चारमाध्यम पनि बन्द हुने अबस्थामा पुगेका छन ।

बुधबार, १३ चैत्र २०७५, १३ : ४२

प्रतिक्रिया