अघि बढ्यो बहुचर्चित भेरी लिफ्ट खानेपानी परियोजनाको काम

६ महिना अगाडि

काठमाडौँ-  बहुचर्चित भेरी लिफ्ट खानेपानी परियोजनाको काम अघि बढेको छ । निकै लामो समयदेखि चर्चामा रहेको उक्त आयोजना कार्यान्वयनका लागि हालै टेण्डर आह्वान भएको छ ।

पहिलो चरणमा साढे ४ अर्बभन्दा बढी लागत अनुमान गरिएको परियोजनाको टेण्डर आह्वान भएसँगै वीरेन्द्रनगर नगरपालिकामा खानेपानीको समस्या समाधान हुने आशा पलाएको छ ।


०७९ भदौ १६ मा नेपाल सरकार खानेपानी मन्त्रालय, खानेपानी विभाग र वीरेन्द्रनगर नगरपालिकाबिच सहभागिता सम्झौता भए पश्चात् परियोजना औपचारिक रुपमा सुरु भएको थियो । ‘विश्वास छ, परियोजना समयमै सम्पन्न भई वीरेन्द्रनगरको खानेपानी समस्या समाधान हुनेछ,’ वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकाल भन्छिन् ।

६ महिना अगाडि

प्रतिक्रिया