काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपालले अफगानिस्तानसँग खेल्ने समय तालिका रहेको छ। खेल श्रीलङ्काको कोलम्बोमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।
आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहँदा अफगानिस्तान तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । यसअघिका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । नेपाल श्रीलङ्कासँग पराजित भएको थियो भने बङ्गलादेशलाई हराएको थियो ।
पाकिस्तानले भने उज्बेकिस्तान र बङ्गलादेशलाई हराएको थियो। नेपालले यसपछि असोज २६ गते साउदी अरेबिया र असोज २७ गते उज्बेकिस्तानसँग खेल्नेछ ।
६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अङ्कतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ । प्रतियोगितामा नेपालसहित अफगानिस्तान, बङ्गलादेश, साउदी अरेबिया, श्रीलङ्का र उज्बेकिस्तान सहभागी छन् ।
प्रतिक्रिया