फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा आयोजना हुदैँ

बुधबार, २४ असोज २०८०, १५ : ४१

काठमाडौँ- नेपाल राष्ट्र बैंक कर्मचारी संघ, पोखरा समितिले गण्डकी प्रदेशस्तरीय अन्तर बैंक फुटसल प्रतियोगिताको चौथो संस्करण पोखरामा आयोजना गर्ने भएको छ ।

 उक्त फुटसल प्रतियोगितामा गण्डकी प्रदेशस्थित बैंक तथा वित्तीय संस्थाका पुरुष तर्फ ३२ समूह र महिला तर्फ १६ समूह गरी कुल ४८ समूहको सहभागिता रहनेछ । पोखराको गणेश टोल स्थित स्पोर्टस् क्यासलको फुटसल मैदानमा असोज २६ र २७ गते गरि २ दिन सम्म प्रतियोगिता सञ्चालन हुनेछ ।
 

बुधबार, २४ असोज २०८०, १५ : ४१

प्रतिक्रिया