पछिल्लो समय अनलाइन सपिङमा उपभोक्ताको आकर्षण

६ महिना अगाडि

काठमाण्डौ– पछिल्लो केही वर्षयता अनलाइन सपिङको क्रेज तीव्र रूपमा बढेको छ ।

ठूला सहरमा मात्रै होइन ग्रामीण क्षेत्रमा पनि अनलाइन सपिङ बढेको छ ।अमेजन इन्डियाले निल्सन मिडियाको सर्वेक्षणलाई आधार मान्दै १० जनामध्ये ८ जनाले अनलाइन किनमेल गर्न चाहेको बताएका छन् । ७५ प्रतिशत उपभोक्ताहरूले अनलाइन सपिङलाई सुविधाजनक वनस्टप शपको रूपमा विश्वास गर्ने गरेका छन्।

अमेजन इन्डियामा ग्राहक पूर्ति, आपूर्ति श्रृंखला र यातायातका उपाध्यक्ष अभिनव सिंहले राम्रो छुट, अफर, छिटो डेलिभरी र उत्पादनहरूको विस्तृत छनोटलाई अनलाइन किनमेलको बढ्दो प्रवृत्तिको श्रेय भएको बताउँछन् । कोरोना महामारीको समयमा अनलाइन व्यापार निक्कै फस्टाएको थियो त्यसपछि यसको लोकप्रियता झनै बढेको छ ।

आजभोलि ई(कमर्स कम्पनीहरूप्रति मानिसहरूको विश्वास बढ्दै गएपछि मानिसहरूले अनलाइन सपिङमा चासो देखाइरहेका छन्।चाडपर्वको समयमा कपडा, मोबाइललगायतका ग्याजेट, घरेलु उपकरण तथा घर सजावटका सामानको माग बढी हुने गरेको छ ।

धेरैजसो स्थापित सपिङ साइटबाट सामान किन्दा धेरै समस्या हुँदैनन् तर फेसबुकलगायत सामाजिक सञ्जालमा देखिने विज्ञापन तथा पोस्टहरूमा भर परेर सामान किन्नेहरू भने ठगीमा पर्ने गरेका छन् । एक जना व्यापारी अनलाइनमा सामान किन्न सजिलो तर चिन्न गाह्रो हुने बताउँछन् ।

उनका अनुसार अनलाइनमा सयौं ब्राण्डमा सयौं थरीका उत्पादन हुन्छन् तर आफ्नो बजेट र आवश्यकता अनुसार कुन सामान उत्तम हो भन्ने कुरा ग्राहकले ठम्याउनु पर्दछ । 

उपभोक्ताहरुको माग भारतको विभिन्न राज्य र क्षेत्रहरूमा माग पनि फरक(फरक छ। उदाहरणका लागि फेस्टिभ सिजनमा बंगालमा पूजा सामग्रीको माग धेरै छ। अनलाइन व्यापार बढेका कारण रोजगारी सिर्जना पनि बढेको छ । यो हुनु स्वभाविक पनि हो । अमेजनले भारतमा चाडपर्वको सिजनका लागि आफ्नो सञ्चालन नेटवर्कमा एक लाखभन्दा बढी मौसमी रोजगारीका अवसरहरू सिर्जना गरेको बताएको छ।

भारतमा सन् २०१३ मा बहुराष्ट्रिय कम्पनी अमेजनले मुम्बईबाट सेवा शुरुवात गरेको थियो । जसमा मात्र १० वटा बिक्रेता थिए। तर आज १० वर्षपछि भारतको १५ वटा राज्यमा यसका होलसेल तथा रिटेलर केन्द्रहरु फैलिसकेका छन् ।  त्यहाँ २ हजारभन्दा बढी डेलिभरी स्टेशनहरू छन् र लगभग १३ लाख बिक्रेताहरु कम्पनीमा जोडिएका छन्।

अनलाइन सपिङको बढ्दो क्रेजका कारण भारतमा ई(कमर्स कम्पनीहरूले ठूलो अवसर पाइरहेका छन्। हुन त अनलाइन सपिङ प्लाटफर्महरुबाट सामान खरीद गर्दा कहिलेकाहीँ अचम्मै हुन्छ । एउटा चिज खरीद गरिएको हुन्छ तर डेलिभरी अर्कै चिजको हुन्छ ।

भारतमा अमेजन मात्र होइन, सपिंग एप मीशो, फ्लिपकार्टलगायतले अनलाइन सपिङ सेवा दिइरहेका छन् ।प्रविधिले मानिसको जीवन सहज बनाउँदै लैजाँदा बजारमा किनमेलका लागि बजार जाने समय अनलाइन सपिङ साइट बचाउन मद्दत गरिरहेको छ । पसल–पसलमा मोलमोलाइ गर्दै दौडधूप गर्ने झञ्झट पनि हटेको छ ।

हत्केलाभरको मोबाइलबाट अर्डर गर्दा बजारमा पाइने धेरैजसो सामान दैलोमा आइपुग्ने अवस्था बनेको छ । चाहिएको चिज किन्न भीडभाडमा जानु नपर्ने भएकाले धेरै ग्राहक यसमा आकर्षित छन् ।

सामाजिक सञ्जालदेखि वेबसाइटसम्मका माध्यमबाट चलिरहेका सपिङ साइटहरू सबैले एकै खालको सेवा दिइरहेका छैनन् । भविष्यमा राम्रो देखेपछि नेपालमा विश्वस्तरीय कम्पनी अलिबाबा, स्नापडिल, दराजलगायतले नेपालको अनलाइन बजारमा लगानी गरेर सेवा दिइरहेका छन् ।

यस्तो कारोबारमा नगद पैसा भुक्तानी गर्न पनि झञ्झट छैन । अनलाइनबाटै पैसा पनि तिर्न सुविधा छ । यसले बजारमै गएर बार्गेनिङ गर्दा हुने खरीददारीको परिपाटी पनि परिवर्तन गरिरहेको छ । (एजेन्सीहरु

६ महिना अगाडि

प्रतिक्रिया