नेपाल र युएईबिच फाइनल खेल आज हुदैँ

शुक्रबार, १० कार्तिक २०८०, १० : ०८

काठमाडौँ-  त्रिदेशीय ट्वान्टी–२० शृङ्खलाको उपाधिका लागि आज नेपाल र  युनाइटेड अरब इमिरेट्स ९यूएई०बिच प्रतिस्पर्धा हुने भएको छ ।

बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबिच फाइनल खेल हुन लागेको हो।  नेपाल, युएई र हङकङबीच जारी सिरिजबाट हङकङ बाहिरिइसकेको छ। 

नेपालले यस सिरिजमा लगातार चार वटा खेल जितिसकेको छ। युएईमाथि दुई र हङकङमाथि दुई जित हात पारेको हो। 
युएई र हङकङले एकअर्कासँग एक–एक जित हात पारेको छ। रन रेटको आधारमा युएई फाइनलमा प्रवेश गरेको हो।

शुक्रबार, १० कार्तिक २०८०, १० : ०८

प्रतिक्रिया