काठमाडौँ - नेपाली ओपनर कुशल भुर्तेलले त्रिकोणात्मक टि २० आइ सिरिजको फाइनलमा यूएईविरुद्ध अर्धशतक पूरा गर्दै आउट भएका छन्।
कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालका लागि कुशलले २८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गरे। कुशल जहुर खानको बलमा बोल्ड आउट भए।
नेपालले आठौं ओभरको समाप्तीमा ३ विकेटको क्षतिमा ७७ रन बनाएको छ। नेपालले युएईविरुद्ध दुवै ओपनर गुमाएको हो।
आशिफ ७ शेख रनमा बोल्ड आउट भए। कुशल मल्ल १ रनमा बोल्ड आउट भए।
अहिले कृजमा कप्तान रोहित पौडेल ६ र दिपेन्द्र सिंह ऐरि १ रनमा नटआउट छन्।
प्रतिक्रिया