यूएईलाई नेपालले दियो १६३ रनको लक्ष्य

शुक्रबार, १० कार्तिक २०८०, १३ : २६

काठमाडौँ - ओपनर कुशल भुर्तेलको अर्धशतक मद्दतमा घरेलु मैदानमा जारी त्रिकोणात्मक टि(२० आई सिरिजको उपाधिका लागि नेपालले यूएईसामु १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा यूएईले टस जितेर  फिल्डिङ रोजेपछि  ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२  रनको योगफल तयार पारेको हो।

यूएईविरुद्ध ओपनर कुशल अर्धशतक पूरा गर्दै आउट भए। कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्दा जहुर खानको बलमा बोल्ड आउट भए। अर्का ओपनर आशिफ ७ शेख रनमा बोल्ड आउट भए।  दिपेन्द्र सिंह ऐरि २० र कप्तान रोहित पौडेल १८ रन थप्दै पवेलियन फर्के। सन्दिप जोराले १० रन थपे। कुशल मल्ल १ रनमा बोल्ड आउट भए।

गुलसन झा ५ रनमा क्याच आउट भए।  सोमपाल कामी १२ रनमा बोल्ड आउट भए। करण केसी २३ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे। यूएईका लागि आयान अफ्जल खानले ३ विकेट लिए। अलि नसिर र जहुर खानले समान २ विकेट लिए। 
जुनैद सिद्धिकीले १ विकेट आफ्नो नाममा गरे। यसअघि सिरिजका दुवै खेलमा यूएईमाथि जित निकालेको नेपालले ह्याट्रिक गर्न चाहन्छ। 
 

शुक्रबार, १० कार्तिक २०८०, १३ : २६

प्रतिक्रिया