काठमाडौँ - घरेलु टोलीलाई ४ विकेटले हराउँदै त्रिकोणात्मक टी-२० आई सिरिजको उपाधि युएईले उचालेको छ।शुक्रबार सम्पन्न सिरिजमा नेपाललाई ४ विकेटले हराउँदै युएईले उपाधि जितेको हो।नेपालले दिएको १ सय ६३ रनको लक्ष्य युएईले १ बल अगावै ६ विकेटको क्षतिमा भेट्टायो।
युएईका ओपनर तथा कप्तान मोहम्मद वसिम ४५ रनमा बोल्ड आउट भए।२२ बलमा ७ चौका र २ छक्का हानेका वसिम गुलसन झा को बलमा बोल्ड भए।आर्याशं शर्मा २५ रन बनाउँदा कुशल मल्लको बलमा सन्दिप जोराको हातबाट क्याच आउँछ भए।
वृत्या अरविन्द २६ रनमा रन आउट भए।आशिफ खान ७ रन बनाउँदा गुलसनको बलमा अविनास बोहोराको हातबाट क्याच आउट भए।आलिसान सर्फु १३ रनमा क्याच आउट भए।बसिर हमिद २२र आयान अफ्जल खान ५ रनमा नटआउट रहे।
नेपालका गुलसन झा र अविनास बोहोराले समान दुई विकेट लिए। कुशल मल्लले एक विकेट लिए।त्यसअघि किर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६२ रनको योगफल तयार पारेको थियो।
युएईविरुद्व ओपनर कुशल अर्धशतक पूरा गर्दै आउट भए। कुशलले २९ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक पूरा गर्दा जहुर खानको बलमा बोल्ड आउट भए।अर्का ओपनर आशिफ ७ शेख रनमा बोल्ड आउट भए। दिपेन्द्र सिंह ऐरि २० र कप्तान रोहित पौडेल १८ रन थप्दै पवेलियन फर्के। सन्दिप जोराले १० रन थपे। कुशल मल्ल १ रनमा बोल्ड आउट भए।
गुलसन झा ५ रनमा क्याच आउट भए। सोमपाल कामी १२ रनमा बोल्ड आउट भए।करण केसी २३ र अविनास बोहोरा शुन्य रनमा नटआउट रहे।युएईका लागि आयान अफ्जल खानले ३ विकेट लिए।अलि नसिर र जहुर खानले समान २ विकेट लिए।जुनैद सिद्वीकीले १ विकेट आफ्नो नाममा गरे।
नेपालले सिरिजमा युएईलाई ७ विकेट र ५ विकेटले हराएको थियो। नेपालले हङकङलाई पनि दुबै खेलमा ६ विकेट र ७९ रनले हराएको थियो।उता युएई अन्तिम खेलमा हङकङसँग ६९ रनले पराजित भएपनि नेटरनरेटको फाइनल खेलेको हो।
प्रतिक्रिया