छलाङ्र मार्दै घरजग्गा कारोबार

आइतबार, १२ कार्तिक २०८०, १३ : ५४

काठमाडौं –  भूमि सम्बन्ँधी सरकारको नीतिको कारण असोजमा घरजग्गा कारोबार, कित्ताकाट उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको असोजमा घरजग्गा कारोबार ४६।७६ प्रतिशतले बढेको हो । यो सँगै सरकारको राजस्व समेत ३७.१२ प्रतिशतले बढेको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कित्ताकाट अघिल्लो आर्थिक वर्ष असोजको तुलनामा ८१.९७ प्रतिशत प्रतिशतले बढेको  छ । स्थानीय पालिकाले जग्गाको वर्गीकरण नगर्दा पोहोर मंसिरयता घरजग्गा कारोबार, कित्ताकाट शिथिल भएको थियो ।

संघ सरकारले स्थानीय सरकारलाई जग्गा वर्गीकरण गर्ने अधिकार थप्नुका साथै समयावधि पनि थप गरेको छ । सम्बन्धित पालिकाले निर्धारण गरेको सडक अथवा बाटोमा पर्ने जग्गाको मापदण्डअनुसार कित्ताकाट गर्न पाइने व्यवस्था सरकारले गरेको छ ।
 

आइतबार, १२ कार्तिक २०८०, १३ : ५४

प्रतिक्रिया