काठमाडौँ - सन् २०२४ मा आयोजना हुने टी(२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको दोस्रो विकेट लिएको छ ।
सिंगापुरको दोस्रो विकेट नेपालका अनुभवी स्पिनर सन्दीप लामिछानेले लिएका हुन् । उनले सिंगापुरका ब्याट्सम्यान सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । सुरेन्द्रन आउट हुँदा ६।५ ओभरमा दुई विकेट गुमाएर ५२ रन बनाएको छ ।
प्रतिक्रिया