करणले लिए सिंगापुरको छैटौँ विकेट

सोमबार, १३ कार्तिक २०८०, १० : ३४

करणले लिए सिंगापुरको छैटौँ विकेट 

काठमाडौँ  सन् २०२४ मा आयोजना हुने टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले सिंगापुरको छैटौँ विकेट लिएको छ । 

सिंगापुरको छैटौँ विकेट करण केसीले लिएका हुन् । उनले सिंगापुरका ब्याट्सम्यान मनप्रित सिंहलाई कप्तान रोहित पौडेलद्वारा क्याच गराएका हुन् । मनप्रितले पेभेलियन फर्किनुअघि २६ बलको सामना गरी तीन चौकाको मद्दतले २४ रन बनाएका थिए । करणले लिएको यो दोस्रो विकेट हो । मनप्रित आउट हुँदा सिंगापुरले १६.३ ओभरमा ६ विकेट गुमाएर एक सय १८ रन बनाएको छ ।

सोमबार, १३ कार्तिक २०८०, १० : ३४

प्रतिक्रिया