सिंगापुरको आठौँ विकेट गुम्यो

सोमबार, १३ कार्तिक २०८०, १० : ४५

काठमाडौँ - सन् २०२४ मा आयोजना हुने टी—२० विश्वकप क्रिकेट प्रतियोगिताको एसियाली क्षेत्रको अन्तिम चरणको छनोट खेलमा सोमबार आयोजक राष्ट्र नेपालले लगातार सिंगापुरको सातौँ र आठौँ विकेट लिएको छ । 

सिंगापुरको सातौँ विकेट अविनाष बोहराले लिएका हुन् । उनले सिंगापुरका ब्याट्सम्यान थिलिपन ओमाइदुराईलाई एक रनको ब्यक्तिगत स्कोरमा पेभेलियन फर्काएका थिए । अविनाषले उनलाई सन्दीप जोरामार्फत क्याच गराएका थिए ।

उनी आउट हुँदा सिंगापुरले १७.२ ओभरमा एक सय २४ रन बनाएको थियो । 

त्यसलगत्तै सिंगापुरको आठौँ विकेट पनि अविनाष बोहराले नै लिएका थिए । उनले सिंगापुरका अनन्थ कृष्णलाई शून्य रनमा कप्तान रोहित पौडेलद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा सिंगापुरले १७.४ ओभरमा एक सय २४ रन बनाएको थियो ।

सोमबार, १३ कार्तिक २०८०, १० : ४५

प्रतिक्रिया