सिंगापुरविरुद्ध भुर्तेलको अर्धसतक पुरा

सोमबार, १३ कार्तिक २०८०, ११ : ३३

काठमाडौँ-  टी—२० विश्वकपको छनोट खेलमा सोमबार सिंगापुरविरुद्ध नेपाली ब्याट्सम्यान कुशल भुर्तेलले अर्धसतक बनाएका छन् । उनले २६ बलमा अर्धसतक बनाएका हुन् । 

उनले दुई छक्का र ६ चौकाको मद्दतले अर्धसतक पुरा गरेका हुन् ।  नेपालले सात ओभरमा कुनै पनि विकेट नगुमाई ७२ रन बनाएको छ ।

एक सय ४६ रनको लक्ष्य पछ्याउँदै नेपालले जवाफी ब्याटिङ गर्दैछ ।

सोमबार, १३ कार्तिक २०८०, ११ : ३३

प्रतिक्रिया