आजको खेलमा नेपाल र मलेसिया आपसमा प्रतिस्पर्धा गर्दै

मंगलबार, १४ कार्तिक २०८०, ०९ : ३९

काठमाडौँ - आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटमा आज नेपाल र मलेसिया आपसमा प्रतिस्पर्धा गर्दै छन् । प्रतियोगिताको दोस्रो खेलमा नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । 

नेपालले प्रतियोगिताको पहिलो खेलमा सोमबार सिंगापुरविरुद्ध आठ विकेटको सहज जित निकालेको थियो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा नेपालसहित कुल आठ टिम सहभागी छन् । नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् । समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टिम सेमिफाइनलमा प्रवेश गर्नेछन् । यो छनोटबाट फाइनलमा पुग्ने दुई टिम आउँदो वर्षको विश्वकपमा छनोट हुनेछन् ।

मंगलबार, १४ कार्तिक २०८०, ०९ : ३९

प्रतिक्रिया