ओमानको दोस्रो विकेट खस्यो

विहीबार, १६ कार्तिक २०८०, ०९ : २८

काठमाडौँ-  टी—२० विश्वकप छनोट प्रतियोगितामा बिहीबार नेपाल र ओमानबिच समूहगत चरणको खेल भइरहेको छ । नेपालले टस जितेर ओमानलाई पहिलो ब्याटिङको निम्तो दिएको छ । पहिले ब्याटिङ गरेको ओमानले आफ्नो दोस्रो विकेट गुमाएको छ ।

ओमानको दोस्रो विकेट सामपाल कामीले लिएका हुन् । उनले ओमानका तेस्रो नम्बरका ब्याट्सम्यान अकिब इलियसलाई दुई रनको व्यक्तिगत स्कोरमा बोल्ड गरेका हुन् । इलियस आउट हुँदा ओमानले ३।१ ओभरमा २१ रन बनाएको छ ।

विहीबार, १६ कार्तिक २०८०, ०९ : २८

प्रतिक्रिया