खुशी थप्दै नेपाल एकै ओभरमा नेपालले लियो दुई विकेट

शुक्रबार, १७ कार्तिक २०८०, ११ : ४३

टी–२० विश्वकप छनोट खेलमा युएईको नेपालले एकै ओभरमा दुई विकेट लिएको छ। 

मुलपानी मैदानमा जारी खेलमा सोमपाल कामीको बलमा कप्तान मोहमद वासिम र अर्का ओपनर खालिद साह आउट भएका हुन्। खालिदलाई सोमपाल आफैले रन आउट गरेका थिए ।

वासिमलाई करण केसीबाट क्याच आउट गराए । यो खेल जित्ने टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । त्यसैले दुवै टिमका लागि यो खेल महत्त्वपूर्ण छ ।
 

शुक्रबार, १७ कार्तिक २०८०, ११ : ४३

प्रतिक्रिया